NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कृषि विकास बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले जिते स्मार्ट फोन

काठमाडौं । कृषि विकास बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने भाग्यमानी प्रयोगकर्ताले स्मार्ट मोबाइल फोन जितेका छन् ।  जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले १/१ थान स्मार्ट मोबाईल फोन जितेका हुन्।

यसै गरी, बैंकको मोबाईल बैंकिङबाट प्रथम पटक ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले ५६० का दरले क्यास ब्याक प्राप्त गरेका छन् ।

बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमध्ये बैंकका मोवाइल बैंकिङबाट प्रथम पटक ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने भाग्यमानी मोवाईल बैंकिङ प्रयोगकर्तालाई उक्त फोन प्रदान गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष