सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए
पाकिस्तान। खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।
शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले पनि वीरगति प्राप्त गरेका पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स –(इएसपीआर) लाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । सुरक्षा फौजले कारबाहीस्थलबाट विभिन्न हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।
सुरक्षाकर्मीले गत मङ्गलबार खैबर पख्तुनख्वाको बाजौर जिल्लाको लोसुम क्षेत्रमा गरेको कारबाहीमा तीन जना र अघिल्लो दिनको कारबाहीमा पनि तीन जना आतङ्ककारीलाई मारेको थियो ।
विगत केही महिना यता देशका विभिन्न भागमा आतङ्कवादी सङ्गठनले आक्रमणलाई तीव्र पारेपछि सक्रिय बनेको सुरक्षा फौजले प्रतिआतङ्वादका कारबाहीलाई व्यापक बनाएको छ ।
आतङ्कवादी सङ्गठन तेहरिक–ए–तालिबान पाकिस्तान र सरकारसँगको वार्ता गत वर्षको नोभेम्बरमा भङ्ग भएपछि अफगानिस्तानको सीमावर्ती क्षेत्रमा केन्द्रित भएर उक्त सङ्गठनले खैबर पख्तुनख्वाका सुरक्षाकर्मीमाथि आक्रमण बढाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया