कर्णालीमा कांग्रेसद्वारा तीन मन्त्रीको नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।
आज बसेको कांग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा (एमाले) का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १ (१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया