अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेछ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ उम्मेदवार रवि लामिछानेले अघिल्लोपटकको भन्दा यसपटक नतिजा राम्रो आउने विश्वास लिएका छन् ।
आइतबार मतदानको क्रममा चितवनमा सञ्चारकर्मीसँग कुरागर्दै उनले अघिल्लोपटक भन्दा योपटक बढी मत पाउनेमा आफू आशावादी भएको बताए ।
‘विहानैदेखि मतदानमा उत्साह देखिएको छ । सकारात्मक प्रतिक्रिया आइरहेका छन् । यसलाई मैले एकदम सकारात्मक रूपमा लिइरहेको छु’, उनले भने ।
यसअघि मंसिरमा भएको निर्वाचनमा रविले ४९ हजार ३०० मत ल्याइ विजयी भएका थिए । प्रतिद्वन्द्वीसँग रविको मतान्तर ३४ हजार ३१२ रहेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया