सुनको मूल्य पुनः घट्यो कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय सय रूपैयाँ घटेर एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख ९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय कायम भएको छ ।
त्यस्तै आज चाँदी २० रूपैयाँ घटेर एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया