‘अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसंघको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएका हुन् ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च संकुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताए । उनले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गरे ।
परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतको माग राखेको छ ।
यस्तै टोलीले श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको थियो । भेटमा मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको सुझावका लागि धन्यवाद दिए । उनले पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिने बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया