सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
अहमदावाद । कांग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो ।
सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको याचना गर्न निवेदन दर्ता गरिएको छ । नेता गान्धीका वकिल पङ्कज चम्पानेरीले उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी दिँदै त्यससम्बन्धमा थप विवरण प्रदान गर्न अस्वीकार गरेका छन् ।
सन् २०१९ मा कर्नाटक राज्यमा भएको चुनावी सभामा नेता गान्धीले मोथी थरलाई लिएर गरेको टिप्पणीले आफूहरूको अपमान भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का सांसद पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए ।
नेता गान्धीले राजनीतिक कार्यक्रममा भाषण गर्दा मोदी थरबारे आफूले गरेको टिप्पणी अपमानजनक नभएको र त्यसलाई असान्दर्भिकरुपमा उचालेर मुद्दा दायर गरिएको तर्क गर्दै आएका छन् । मानहानी मुद्दामा सुरत अदालतबाट दोषी ठहर भएपछि उनको लोकसभा सदस्य पद खारेज भएको छ ।
उच्च अदालतले पनि तल्लो न्यायलयको फैसलालाई सदर गरेमा गान्धी आगामी आठ वर्षसम्म संसद् सदस्यको उम्मेदवार बन्नबाट वञ्चित हुनेछन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया