मह आयातमा १४ करोड रूपैयाँ बाहिरियो, स्वदेशमै उत्पादित महको छैन बजार
काठमाडाैं । मह आयातको तुलनामा निर्यात निकै कम हुने गरेको पाइएको छ । स्वदेशी महले बजार नपाएको अवस्थामा नेपालीहरूले विदेशी मह किनेर खानामा भने शोख देखाउँछन् भन्ने तथ्यांकले पनि पुष्टि गर्छ ।
स्वदेशी मह बिक्री नभएर किसान चिन्तित हुने अवस्था एकातिर छ भने अर्कातिर मह आयातमै करोड रूपैयाँ बाहिरिरहेको छ ।
चालु आव २०७९/८० को ९ महिनाको तथ्यांकअनुसार नेपालबाट १४ करोड रूपैयाँ बराबरको मह आयात भएको छ । तथ्यांकअनुसार साउनदेखि र चैत्रसम्ममा १४ करोड १४ हजार रूपैयाँको आयात भएको विभागको तथ्यांक छ ।
विभागकाअनुसार ९ महिनाको अवधिमा मह निर्यात भने ३ करोड २७ लाख रूपैयाँको मात्रै भएको पाइएको छ । नेपालमा अमेरिका, अस्ट्रेलिया, भुटान, भारत, अस्ट्रेलिया, बुल्गेरियालगायतका देशबाट मह निर्यात हुँदै आएको छ ।
सबैभन्दा धेरै मह निर्यात अस्ट्रेलियामा एक करोड ८४ लाख रूपैयाँको भएको छ । त्यसपछि अमेरिकामा १ करोड १६ लाख रूपैयाँको मह निर्यात भएको छ । त्यसबाहेक बेलायतमा ६ लाख २६ हजार, जापानमा ७ लाख, मलेसियामा ३ लाख ५४ हजार मह निर्यात भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया