महानगरले ‘सिल’ गर्यो सडकपेटी नै मिच्ने पेट्रोल पम्प
काठमाडाैं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सडकपेटी नै मिचेर पेट्रोल पम्प सञ्चालन भएको भनेर स्थानीयले महानगरमा उजुरी दिएका थिए । महानगरले सो उजुरीमाथि कारवाही अघि बढाएको उनले बताए ।
पम्प सिल गर्नुअघि नेपाल आयल निगमलाई पनि यसको मापदण्डबारे पत्राचार गरिएको थियो । ‘स्थानीयको उजुरी पछि हामीले आयल निगमलाई पनि पप्म मापदण्डमा चलेको छ कि छैन भनेर सोधपुछका लागि पत्राचार गरेका थियौ,’ पाण्डेले भने, ‘उताबाट पनि मापदण्डविपरित भनेर आएपछि कारवाही गरिएको हो ।’
हाल महानगर परिसरमा मापदण्डविपरित सञ्चालनमा रहेका पेट्रोल पम्पको संख्या १९ देखि २० वटा रहेको उनले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’





प्रतिक्रिया