लागुऔषधसहित दुईजना पक्राउ
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट चैत्र ६ गते सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षका ज्ञानचन्द्र मण्डल र २० वर्षीय शंकरकुमार ठाकुर छन् ।
प्रदेश २०२००४ प ४७०९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
शंका लागि जाँच गर्दा उनीहरूको साथमा नाइट्रोभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । साथै, मोटरसाइकलसमेत बरामद गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया