१० करोड भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेषको फैसलाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैलसाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायत पाँच जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध आयोगले पुनरावेदन दिएको हो ।
विशेष अदालतले बस्नेतसहित उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, शकुन्तला गौली(नवीनकी श्रीमती) र छोरा शुलभलाई सफाइ दिने फैसला गरेको थियो ।
यो फैसला गलत भएको दाबी पेश गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन दिएको हो ।
उनीहरू ६ जनाविरूद्ध अख्तियारले १० करोड ५६ लाख १९ हजार ६०१ रूपैयाँ बिगो मागदाबीसँगै चल अचल सम्पत्ति जफतको माग गरेको थियो ।
विशेष अदालतले फैसला दिँदा उल्लेख गरेका आधारहरू त्रुटिपूर्ण भएको आयोगको दाबी छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया