NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

लडाकुलाई पैसा बाँड्ने तरिका ठीक होइन, यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माधव नेपाल

काठमाडौं । सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिँदै जाने तरिका ठीक नभएको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस सम्बन्धमा सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्न प्रधानमन्त्रीलाई आफूले भनेको जानकारी दिए ।

‘लडाकु वा अत्य पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन । मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो,’ उनले भने ।

देशको आर्थिक अवस्थासमेत संकटपूर्ण भएको बेला यसरी रकम बाँढ्दै जाने परिपाटी हितकर नहुने उनको भनाइ छ ।