नबिल बैंकको ‘नबिल उद्यमशील कर्जा’, चार दिनभित्र कर्जा स्वीकृति
काठमाडौं । नबिल बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न र राष्ट्रको दिगो विकासमा योगदान पु-याउने उद्देश्यसहित ‘नबिल उद्यमशील कर्जा’ प्रवाह गरिरहेको छ । नबिल बैंकका अनुसार साना तथा मझौला आकारका उद्यम/स्टार्टअपहरुको प्रवर्द्धनलाई लक्षित गरेर यो कर्जा योजना सञ्चालनमा ल्याएको हो ।
साथै महिला र युवाहरुमा उद्यमशील प्रवर्द्धन गर्न र आर्थिक आवश्यकता सम्बोधन गर्न यो कर्जाले सहयोग गर्ने बैंकले जनाएको छ ।सजिलो,झन्झटमुक्त रुपमा आवश्यक कागजात पेश गरेको चार दिनभित्र कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।
ग्राहकले १ लाखदेखि एक करोडसम्म कर्जा पाउनेछन् । यो कर्जाको अवधि १ देखि ८ वर्षसम्मको रहेको छ । उमेरको हकमा यो कर्जा लिन चाहाने १८ वर्षदेखि ६० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया