प्रधानमन्त्रीलाई भेट्न बालुवाटार किन गए रवि ?
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्न बालुवाटार गएका छन् ।
वैशाख १० मा भएको उपनिवार्चनमा दोस्रोपटक भारी मतले विजयी भएका रवि आइतबार प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भारी मात्रामा विजयी भएकोमा रविलाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा पछिल्लो राजनीति अवस्था, सरकारमा सहभागीता, न्यूनतम साझा कार्यक्रम लगायत विषय छलफल भइरहेको बुझिएको छ । एमाले–माओवादी समीकरण भत्किदासमेत समर्थन जारी राखेका रविले उपनिर्वाचनमा भारी मतले जितेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेका थिए ।
रास्वपाले गृहसहित शक्तिशाली मन्त्रालय पाए सरकारमा जानसक्ने तर त्यो सम्भावना निकै कम रहेको रास्वपाका शीर्ष नेताले बताएका छन् । नागरिकता प्रकरणमा उपप्रधनमन्त्री एवं गृहमन्त्रीबाट पदमुक्त भएका रवि सोही मन्त्रालयको जिम्मेवारी लिन इच्छा देखाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया