निगमको नियमित उडानबाटै राष्ट्रपति पौडेल आज स्वदेश फर्किने

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनी आज राति ८ः३० बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।
श्री एयरलाइन्सको जहाजमार्फत भारत पुगेका उनी निगमको नियमित उडानबाटै फर्किन लागेका हुन् ।
छातीमा पानी जम्ने समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनी गत वैशाख ६ मा उप उपचारका लागि भारत गएका थिए ।
दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स) मा उनको उपचार भएको हो । स्वास्थ्यमा सुधार आएसँगै उनलाई अस्पतालले आज डिसचार्ज गर्ने भएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया