नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार
काठमाडाैं । पुँजी बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज दुई सय ७१ वटा कम्पनीका २६ हजार ८०१ पटक कारोबारमा ३२ लाख ६ हजार ४५० कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
आइतबार सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत १.८७ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७७, विकास बैंक १.२३, वित्त १.२७, लगानी ०.५३, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.९३, नीर्जीवन बीमा ०.५४, अन्य १.३१ र व्यापार १.६८ अंकले घटेको छ ।
आइतबार एनएमबी सुलभ इन्भेष्टमेन्टका लगानीकर्ताले सर्वाधिक ३.३३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ८.८९ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख १० हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइएमीको ३ करोड ५७ लाख ९ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै तारागाउँ रिजेन्सी होटल ३ करोड ३१ लाख ९ हजार, नबिल बैंक ३ करोड २३ लाख ५३ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया