भिरबाट लडेर एक वृद्धको मृत्यु

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन् ।
भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे ।
स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया