एमाले प्रदेश कमिटी सदस्य विष सेवन गरेको अवस्थामा फेला
काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे विष सेवन गरेको अवस्थामा काठमाडौंको एक होटलमा फेला परेका छन् ।
जमलस्थित कैलाश होटलमा मंगलबार विष सेवन गरी अर्धचेत रहेको अवस्थामा उनी फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले होटलमा विष सेवन गरेको अवस्था भेटिएका घिमिरेलाई उद्धार गरेर वीर अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
विदुर–११, नुवाकोटका स्थायी बासिन्दा घिमिरे बेपत्ता भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । लगत्तै प्रहरीले खोजी थालेकोमा उनी कैलाश होटलमा भेटिएका हुन् ।
प्रहरीले घिमिरे बसेको कोठाबाट सुसाइड नोट फेला पारे पनि त्यसबारे सार्वजनिक गरेको छैन ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया