माओवादीले एकलौटी गर्यो, गठबन्धन के हुन्छ भन्न सकिन्नँ : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले एकलौटी गरेको आरोप लगाएका छन् । यस्तै अवस्था रहे गठबन्धनको भविष्य अन्योलपूर्ण हुनेसमेत उनले औंल्याए ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनको संस्कृतिअनुसार सबैको भावना सम्बोधन गरेर अघि बढ्नुपर्नेमा एकलौटी गरेको उनको आरोप छ । यही कारण उनले माओवादीको आलोचना मात्र नभएर निन्दा नै गर्न मन लागेको बताए ।
‘प्रचण्डजीहरूले सरकारमा एकलौटी गरेर हामीलाई बेवास्ता गर्नुभएको छ । यसबाट हामी मर्माहत छौं । माओवादीको यो शैली हामीलाई स्वीकार्य छैन,’ सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
कर्णाली प्रदेश सरकारको भागबण्डामा उनले सबैभन्दा बढी चित्त दुखाए । माओवादी नेतृत्वमा कर्णालीमा गठित सरकारमा एकीकृत समाजवादीले आफ्नो सम्मानजनक हिस्सेदारी खोजे पनि पाएको छैन ।
गठबन्धन टिकाउने हैसियत आफूहरूसँग भए पनि माओवादीको रवैयाले यसै भन्न सकिने अवस्था नरहेकोसमेत उनले बताए । ‘यस्ता प्रवृत्तिहरू हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्न सकिन्न,’ नेपालले भने ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया