पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

धनुषा । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।
शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पु¥याएका थिए ।
उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। बालकको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया