अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियारकाे भण्डार फेला
एजेन्सी । अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख गरेको छ ।
गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेशन शुरी गरेको र दुई मोर्टार र हजारौँ गोली सहित थुप्रै हतियारहरू फेला पारेको बताइएको छ । अफगान सुरक्षा बलले पछिल्ला केही दिनहरूमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तहरूमा ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको छ ।
यस्तै अपरेसनहरूमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलै हतियार भण्डार फेला पारेको थियो । अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मी बाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया