अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियारकाे भण्डार फेला

एजेन्सी । अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख गरेको छ ।
गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेशन शुरी गरेको र दुई मोर्टार र हजारौँ गोली सहित थुप्रै हतियारहरू फेला पारेको बताइएको छ । अफगान सुरक्षा बलले पछिल्ला केही दिनहरूमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तहरूमा ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको छ ।
यस्तै अपरेसनहरूमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा ठूलै हतियार भण्डार फेला पारेको थियो । अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मी बाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया