अमेरिकालगायत पाँच देशले रुसलाई दबाव दिने

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दबाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाव बढाउने निर्णय गरेका हुन ।
युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ ।
बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाव दिनु पर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उनीहरुले आ आफ्नो देशको तर्फबाट कुटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
रुसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन ।
त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथी रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया