नबिल बैंकको दुई शाखा स्थानान्तरण हुँदै
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका दुई शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले २०८० वैशाख ३१ गतेदेखि शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
दुई शाखाहरूमा काभ्रेपलाञ्चोक, भुप्लु गाउँपालिका ५, सल्लेबजार र नुवाकोट, विदुर नगरपालिका, ४ बट्टाबजारमा रहेको शाखा स्थानान्तरण हुन लागको हो ।
हाल काभ्रेपलाञ्चोक, भुप्लु गाउँपालिका ५, सल्लेबजारमा रहेका शाखा हालको शाखा कार्यालयबाट ०.१५ किलोमिटर पर भुप्लु गाउँपालिका ५, सल्लेबजारमा स्थानान्तरण हुने भएको छ । त्यस्तै नुवाकोट, विदुर नगरपालिका, ४ बट्टाबजारमा रहेका शाखा हालको स्थानबाट ०.२ किलोमिटर पर विदुर नगरपालिका २ बट्टा बजारमा स्थानान्तरण हुने भएको छ ।
बैंकले लकरमा रहेका टुटफुट हुने सामान शाखा स्थानान्तरण हुनु अघि वैशाख २९ गते शुक्रबारसम्म निकाल्न अनुरोध गरेको छ ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया