पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालतबाट मंगलबार पक्राउ गरिएको छ । उनलाई पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो ।
इमरान खान धेरै मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । यस क्रममा उनले पहिलो दिनदेखि नै उच्च सैनिक अधिकारीविरुद्ध बयान दिँदै आएका थिए ।
पाकिस्तानी अखबार द डनले इमरानको पार्टी पीटीआईले गिरफ्तारीको पुष्टि गरेको जनाएको छ। पार्टी नेता मुसररत चीमाले भिडियो सन्देश जारी गरेका छन् । उक्त भिडियोमा उनले भनेका छन्, ‘इमरान खानलाई अहिले यातना दिइँदैछ । खान साहबलाई हातपात गरिरहेका छन् ।’ इमरानका वकिलको भिडियो पार्टीको आधिकारिक ट्विटर अकाउन्टमा पनि शेयर गरिएको छ । पार्टीले इमरानलाई उच्च अदालतबाहिर नराम्ररी कुटेको बताएको छ ।
पूर्वप्रधानमन्त्री खानलाई अल कादिर ट्रस्ट मुद्दामा पक्राउ गरिएको हो । यो विश्वविद्यालयसँग सम्बन्धित विषय हो । इमरानले प्रधानमन्त्री हुँदा गैरकानूनी रूपमा यस विश्वविद्यालयलाई करोडौं मूल्यको जग्गा दिएका थिए । यो कुरा पाकिस्तानका सबैभन्दा धनी व्यक्तित्व मलिक रियाजले खुलासा गरेका हुन् ।
उनले इमरान र उनकी श्रीमतीलाई पक्राउको डर देखाएर अर्बौं रुपैयाँको जग्गा आफ्नो नाममा लिएको आरोप लगाएका थिए । पछि रियाज र उनकी छोरीको कुराकानीको अडियो लिक भएको थियो । जसमा रियाजकी छोरीले इमरानकी श्रीमती बुशरा बीबीले लगातार पाँच क्यारेटको हीराको औंठी मागेको बताइन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया