शरणार्थी प्रकरणमा मुछिएपछि साइबर ब्यूरोमा आरजुको पत्र – सत्यतथ्य सार्वजनिक गरियोस्
काठमाडौं । नेपाली कांग्रेसकी समानुपनतिक सांसद आरजु राणा देउवाले अडियोबारे सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र पठाएकी छिन् ।
आफ्नो सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीको विषयमा अडियो सार्वजनिक भएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
केही दिनअघि भुटानी शरणार्थी प्रकरणमा आरजु र बालकृष्ण खाँणकी पत्नी मञ्जुले साढे दुई करोड र ६ करोड रकम दिएको दाबी गरेको अडियो सार्वजनिक भएको थियो ।
सार्वजनिक भएको उक्त अडियोमाथि अत्याधुनिक प्रविधिको प्रयोग गरी सत्य तथ्य सार्वजनिक गर्न उनको माग छ । यो रेकर्ड कसले कहाँ, कसरी र कुन उद्देश्यले गरेको हुन् भन्ने कुरा छानविन गरेर दोषलीलाई कडा भन्दा कडा कारवाही गर्ने विषय उक्त निवेदनमा उल्लेख छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया