एक हप्ताभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन
काठमाडौं । आर्थिक वर्ष सकिएको ६ महिना भन्दा बढी समय घर्किसक्दा पनि लेखापरीक्षण सार्वजनिक नगरेपछि निर्वाचन आयोग निर्देशनमा उत्रिएको छ ।
आयोगले ८२ दललाई सात दिनभित्रमा लेखापरीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ । आज विज्ञप्ती जारी गर्दै आयोले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय, वेबसाइट, सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी जानकारी दिन निर्देशन दिइएको हो ।
आयोगमा दर्ता भएका दलहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरीक्षण गराई आयोगमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । केही दलहरूले दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवदन बुझाएका छैनन् ।
आ.व. ०७७/७८ र ०७८/७९ को लेखापरीक्षण निरन्तर नबुझाउनेमा मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक रहेका छन् ।
यी पार्टीहरूलाई दलसम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम कारवाही किन नहुने ? भन्ने विषयको स्पष्टिकरणसमेत आयोगले माग गरेको छ । प्रतिवेदन नबुझाउने अन्य पार्टीलाई पनि आयोगले स्पष्टिकरण माग गरेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया