मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं। सरकारलेर मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का स्थायी बासिन्दा रहेका उनी २०६२/६३ को जनआन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका थिए ।
उनको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई ‘जिउँदो सहिद’ भनेर पनि चिनिन्छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया