एलआइसी नेपालले माग्यो चिफ अपरेटिङ अफिसर
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि कर्मचारी माग गरेको हो ।
सो पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीका अनुसार जीवन बीमा क्षेत्रमा १५ वर्ष र मार्केटिङमा ५ वर्षको अनुभव भएको हुनुपर्ने छ ।
यसबाहेक जीवन बीमा क्षेत्रमा राम्रो ज्ञान भएको नेपाली र अंग्रेजी दुबै बोल्न सक्ने हुनुपर्ने छ । तलब भने समझदारीमा हुने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका ईच्छुकले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म दरखास्त दिन कम्पनीले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया