शरणार्थी प्रकरणका आरोपीतलाई कांग्रेसले संरक्षण गर्यो : ज्ञवाली

काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थीमा नाम जोडिएकालाई कांग्रेसले संरक्षण गरेको आरोप लगाएका छन् । शरणार्थी प्रकरणमा मुछिएका नेतालाई एमालेले कारवाही गरेपनि कांग्रेसले संरक्षण दिएकोमा उनले असन्तुष्टी जनाए ।
‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ । यो सानो ठगी, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो । हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ’, बिहीबार पोखरामा उनले भने ।
यो प्रकरणमा जोडिएका जनसुकै तहका व्यक्ति भएपनि दोषी प्रमाणित भए कारवाही गर्न उनले सरकारसँग आग्रह गरे ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया