शरणार्थी प्रकरणका आरोपीतलाई कांग्रेसले संरक्षण गर्यो : ज्ञवाली
काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थीमा नाम जोडिएकालाई कांग्रेसले संरक्षण गरेको आरोप लगाएका छन् । शरणार्थी प्रकरणमा मुछिएका नेतालाई एमालेले कारवाही गरेपनि कांग्रेसले संरक्षण दिएकोमा उनले असन्तुष्टी जनाए ।
‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ । यो सानो ठगी, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो । हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ’, बिहीबार पोखरामा उनले भने ।
यो प्रकरणमा जोडिएका जनसुकै तहका व्यक्ति भएपनि दोषी प्रमाणित भए कारवाही गर्न उनले सरकारसँग आग्रह गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया