विद्युतीय प्रणालीमा हाजिरी गराउन सांसदहरूको ‘बायोमेट्रिक’ लिने काम सुरू
काठमाडौं । संघीय संसदले सांसदहरूको हाजिरी विद्युतीय प्रणालीबाट गर्ने भएको छ ।
त्यसका लागि आजबाट सांसदहरूको ‘बायोमेट्रिक’ संकलन गर्ने काम सुरू भइसकेको छ । प्रतिनिधिसभा सचिवालयका सहायक प्रवक्ता दशरध धमलाका अनुसार आजदेखि जेठ १२ गतेसम्म स्याम्पल लिने काम हुनेछ ।
उनका अनुसार संसदहरूले विहान ११ देखि ३ बजेसम्म आफ्नो बायोमेट्रिक्स उपलब्ध गराउन सक्नेछन् । ‘स्याम्पल दिइसकेपछि केही समय परीक्षणमा राखेर हेरिन्छ । समस्या आएमा त्यसको समाधान गरिन्छ र प्रविधिले काम गर्न थालेपछि प्रयोगमा जान्छ,’ उनले भने ।
सदनको बैठकमा सांसदहरू हाजिर गरेर घर जाने गरेको प्रवृत्तिलाई रोक्नका लागि यस्तो किसिमको ‘रियल टाइम’ हाजिरीको व्यवस्था गरिएको हो ।
अहिलेसम्म सांसदहरूले लिखित रूपमै हाजिरी गर्दै आएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया