पाकिस्तानमा ६ सुरक्षाकर्मी मारिए
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् ।
आज बिहान दुई दर्जनभन्दा बढी सशस्त्र आतङ्कारीले गरेको आक्रमणको प्रतिकारमा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी अधिकृत आसिफ बहादुरले बताएका छन् ।
दुई घण्टाभन्दा बढी समय दाहोरो भिडन्तपछि आतङ्कारी भागेका तथा उक्त स्थलको स्थिति अहिले नियन्त्रणमा रहेको जानकारी दिँदै उनले इन्धन उत्खनन केन्द्रलाई पर्याप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समयमै सुरक्षाफौज सहायताका निम्ति आएकाले ठूलो मानवीय क्षति नभएको बताइएको छ ।
पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको कम्पनीले इन्धनका निम्ति उत्खनन गरिरहेको छ । उक्त हमलाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया