शरणार्थी प्रकरणमा आफ्नै भूमिकाबारे प्रश्न उठेपछि आइजिपी कुवँरको सचिवालयले के भन्यो ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरकै भूमिकामाथि प्रश्न उठेपछि उनको सचिवालयले स्पष्टिकरण दिएको छ ।
यो प्रकरणमा कुँवरको पनि भूमिका हुन सक्नेबारे समाचार प्रकाशन हुन थालेपछि उनको सचिवालयले आपत्ति जनाउँदै प्रेस विज्ञप्ती जारी गरेको हो ।
जारी विज्ञप्तीमा आफूबारे सम्प्रेषण भएका समाचारमा कुनै आधार, तथ्य र प्रमाण नभएको जनाइएको छ । अपराध अनुसनधानजस्तो विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि र चेन अफ कमाण्डमा आँच आउने उल्लेख गरिएको छ ।
सचिवालयले यो प्रकरणमा दोष नछुटुन्, निर्दोष नफसुन् भन्ने विषयमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
‘अपराधी जोसुकै होस् उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वयमा हुनुपर्ने कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेकोछ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया