भुटानी शरणार्थी प्रकरण : अदालती कारबाही आजदेखि

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रपञ्चमा संलग्नको अभियोगमा दायर मुद्दामाथिको कारबाही आजदेखि अघि बढ्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ र पक्राउ पुर्जी जारीपछि फरार १४ जनामाथि बुधबार मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत, काठमाडौंले भुटानी शरणार्थी प्रकरणमा बुधबार परेको मुद्दामाथि शुक्रबारदेखि कारबाही सुरु हुने जनाएको छ ।
सुरुमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका १६ जनाको बयान सुरु हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । जसमा सरकारी र प्रतिवादी दुवैतर्फका वकिलले बहस गर्नेछन् । यसपछि नै प्रतिवादीलाई थुनामा राखेर सुनुवाइ अघि बढाउने कि छाडेर भन्ने आदेश आउनेछ । अदालतका कर्मचारीका अनुसार, यो प्रक्रिया पूरा हुन कम्तीमा एक साता लाग्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया