नेटो बैठकमा जेलेन्स्कीले सम्बोधन गर्ने
किएभ । समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार नेटोका सदस्य राष्ट्रहरुको बैठकलाई सम्बोधन गर्ने भएका छन् । बेल्जियमको ब्रसेल्समा हुने बैठकमा भिडियो लिंकको माध्यमबाट उनले नेताहरुलाई सम्बोधन गर्ने भएका हुन् ।
नेटोका एक अधिकारीका अनुसार जेलेन्स्कीलाई नेताहरुसँग आफ्ना कुरा राख्न निमन्त्रणा गरिएको हो । उनले भनेका छन्, ‘यो सिधा रुपमा राष्ट्रपति जेलेन्स्कीको माध्यामबाट रुसी हमलामा फसेका युक्रेनी नागरिक बारे जान्ने मौका मिल्छ ।’
बिहीबार हुने नेटोको बैठकमा युक्रेन आसपासका सदस्य मुलुकको सुरक्षा थप कडा बनाउनका लागि र युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा साझा प्रतिक्रिया दिने विषयमा छलफल हुनेछ ।
रुसले युक्रेनमाथि हमला गरेका २८ दिन पुगिसकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया