भारतको जम्मुमा बस दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं । जम्मुमा मंगलबार बिहान एउटा बस खाडलमा खस्दा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार, अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटलीको गहिरो खाडलमा खसेर दुर्घटना भएको हो ।
उद्धार र राहत कार्यमा संलग्न सिआरपिएफ अधिकारी अशोक चौधरीले दुर्घटनालगत्तै घटनास्थल पुगेर घाइतेको उद्धार गरी अस्पताल पुर्याइएको जानकारी दिए ।
दुर्घटनामा सामान्य घाइते भएका अन्य १२ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । सोही क्रममा गम्भीर घाइते ४ जनालाई सरकारी मेडिकल कलेज र अस्पताल लगिएको छ ।
बसमा बिहार क्षेत्रका मानिस सवार थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया