विवाइडीद्वारा ‘बिल्डीङ्स ड्रिम्स एण्ड फरेष्ट’ सिएसआरको पहलमा वृक्षरोपण

काठमाडौं । नेपालमा विवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० रुख रोपेको छ । ‘बिल्डीङ ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो । अभियानले काठमाडौंको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाइडीको भिजन ‘कुल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसँग मेल खान्छ ।
साइमेक्सले रणनीतिक स्थानमा १५०० रुख रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ । विश्वको सबैभन्दा प्रदुषित सहर काठमाडौं लामो समयदेखि वायु झेल्दै आएको छ । यो पहल गरेर साइमेक्सले काठमाडौंमा प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको जनाएको छ ।
‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ अभियानले वृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी वृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र बिविध खालको रुखहरुको बृक्षारोपण गरि चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिने कम्पनीको दाबी छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया