जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावप्रति थापाको असन्तुष्टी
काठमाडौं । कांग्रेसका सांसद एवं महामन्त्री गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावको आलोचना गरेका छन् ।
बुधबार आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्दै उनले बजेटमार्फत निर्वाचन कार्यलय खारेज गर्ने सरकारको प्रस्तावको विरोध जनाएका हुन् ।
‘बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासनमा सार्ने प्रस्ताव कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकाकालाई प्रभावित गर्छ’, उनले भने ।
अर्थममन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आगामी बजेटमा खर्च कटौतिका लागि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया