युक्रेनको समर्थनमा सडकमा उत्रिन संसारभरका मानिसलाई जेलेन्स्कीको अपिल
काठमाडौं । सडकमा उत्रिएर आफ्नो देशको समर्थन गर्न युक्रेनले विश्वलाई अपिल गरेको छ ।
रुसले आफ्नो मुलुकलाई आक्रमण गरेको एक महिना पुगेको दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वलाई आफ्नो देशको पक्षमा उभिन आग्रह गरेका हुन् ।
‘तपाईंहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्,’ जेलेन्स्कीले अपिलमा भनेका छन् ।
अपिलमा उनले रुसी आक्रमणका कारण युक्रेनी जनता र यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उल्लेख गरेका छन् ।
रुसले पछिल्लो एक महिनादेखि युक्रेनमाथि आक्रमण जारी राखेको छ । बुधवार मात्रै युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर बमबारी भएका विवरण सार्वजनिक भएका छन्।
तथापि, पश्चिमा राष्ट्रहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र रुसको कब्जामा रहेका कतिपय सहरलाई समेत पुनः नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया