दुई सातापछि काठमाडौंमा वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा गएराति वर्षा भएको छ । दुई साता लामो खडेरीपछि काठमाडौंमा वर्षा भएको हो ।
पानी नपर्दा काठमाडौंमा गर्मी तीव्र बढेको थियो । वर्षासँगै काठमाडौं उपत्यकामा शीतलता महसुस भएको छ ।
लामो समयदेखि खडेरीको सामना गरेका काठमाडौं उपत्यकाबाहिरका विभिन्न भागमा पनि वर्षा भएको छ । गर्मीले जनजीवन कष्टकर बनेका ती क्षेत्रमा पानी परेसँगै थोरै भए पनि राहत पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस वर्ष जेठको अन्तिमबाट मनसुन भित्रिँदै छ । मनसुन देशभर फैलिएर सक्रिय हुन भने केही समय लाग्ने महाशाखाले जनाएको छ ।
यस वर्ष गत वर्षको तुलनामा कम वर्षा हुने प्रक्षेपण मौसमविद्ले गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया