प्रधानमन्त्री प्रचण्डविरूद्धको मुद्दामा कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको युद्दकालीन मुद्दामा कारण देखाउ आदेश दिएको छ ।
माओवादीका पूर्वलडाकु लेनिन बिष्टले दायर गरेको रिट निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा कारण देखाउ आदेश दिएको हो । प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ ।
युद्धमा बालबालिका प्रयोग गरेको र शान्ति प्रक्रियामा आएपछि अयोग्य लडाकुको बिल्ला भिराएर अपमान गरी युद्ध अपराध गरेको आरोप लगाउँदै बिष्टले प्रचण्ड र बाबुरामविरूद्ध मुद्दा दायर गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया