प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आज
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज हुने भएको छ ।
प्रधानन्यायाधीशमा सिफारिसपछि संसदीय सुनुवाइ समितिले कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिका अनुसार, कार्कीविरुद्ध विभिन्न उजुरी परेका छन् । उजुरीको समयसीमा सकिएपछि समितिले सुनुवाइ गर्न लागेको हो ।
समितिले सुनुवाइका लागि उनलाई अहिले बिहान ८ बजे लेखा समिति हलमा उपस्थित हुन भनेको छ ।
संसद् सचिवालयका अनुसार सुरुमा उनले प्रधानन्यायाधीश भएपछिका अवधारणा र कार्ययोजना राख्ने छन् । त्यसपछि सांसदहरूले प्रश्न गर्ने र उनले त्यसको जवाफ दिने कार्यक्रम छ । सम्भव भएसम्म आजै सुनुवाइ सकेर नाम सिफारिस गरी प्रतिनिधिसभामा पठाउने तयारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया