प्रचण्ड–माधवलाई झलनाथको सुझाव : समाजवादी मोर्चा सत्ता प्राप्तिका लागि मात्र नहोस्
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्ता प्राप्तिका लागि मात्र सिमित नराख्न आग्रह गरेका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा सभामा बोल्दै उनले सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध बनाउन सुझाव दिए । ‘यो मोर्चा सत्ता प्राप्तिका लागि मात्र सिमित नहोस् । कुनै नेताको स्वार्थका लागि प्रयोग नहोस् । सम्पूर्ण वामपन्थी शक्तिलाई एकठाउँमा ल्याउन गराउनेतर्फ म चार दलका शीर्ष नेताहरूलाई आग्रह गर्दछु ।’
एमाले र माओवादी मिलेर बनेको नेकपालाई जनताले दुइतिहाइको बहुमत दिएपनि बचाउन नसकेको उनले दुखेसो पोखे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया