पल शाहले बलात्कार मुद्दा थुनामै बसेर लड्नुपर्ने, धरौटीमा रिहा भएनन्

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहले पुर्पक्षका लागि थुनामा बसेर मुद्दा लड्नुपर्ने भएको छ । थुनछेक बहस सकिएपछि तनहुँ जिल्ला अदालतको हरिश्चन्द्र ढुंगानाको एकल इजालासले शाहलाई धरौटीमा रिहाको आदेश नदिई पुर्पपक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो । अब बढीमा एक वर्षमा सकिने यो मुद्दा शाहले थुनामा बसेर लड्नुपर्ने भएको छ ।
ती नाबालिग गायिकको जाहेरीका आधारमा बलात्कार मुद्दामा शाहमाथि १४ वर्षको जेल सजायँ माग गर्दै सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा शाहले ती नाबालिगमाथि पटकपटक बलात्कार गरेको बलियो प्रमाण जुटाएको दाबी गर्दै आएको छ । शाह र ती गायिकाबीच भएको फोन संवादको रेकर्ड, म्यासेजको अनुसन्धान, शाहका सहयोगीसँगको बयान, होटल संचालकसहितकासँग पनि प्रहरीले बयान लिएको थियो ।
यी सबै बलिया प्रमाणका आधारमा पनि शाहलाई धरौटीमा रिहा गर्ने सम्भावना कम रहेको थियो । अब नाबालिगको मुद्दा फास्ट ट्रयाकबाट टुंगो लगाउनुपर्ने भएपछि एक वर्षको अवधि नलाग्ने पनि बुझिएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया