उपप्राध्यापक चलाउनेको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

एजेन्सी । उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकेा छ ।
मुद्दा फिर्ता लिने सरकारले निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि अन्तरिम आदेश दिँदै फिर्ता लिदै निर्णय कार्यान्वयन नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेशसमेत जारी गरेको छ।
प्रतिक्रिया