पुरुषका लागि कस्तो फेसप्याक ?
एजेन्सी । महिलाको तुलनामा पुरुषको छाला कडा हुन्छ । यसको लागि महिला र पुरुषलाई एउटै फेस प्याकले हुँदैन् । सामान्यतया पुरुषहरु आफ्नो छालको खासै ख्याल गदैनन् ।
यसले उनीहरुको छालामा विभिन्न समस्या हुन्छन् । जसले उनीहरुको छाला रुखो देखिन्छ । त्यसैले पुरुषले पनि हप्ताको एक पटक छालाअनुसार फेस प्याक लगाउनु पर्छ । यसले छाला स्वस्थ र सफा पनि राख्छ । छाला स्वस्थ र सफा महिला र पुरुष दुवैको लागि आवश्यक छ ।
पुरुषको लागि यी फेसप्याक
मुलतानी माटो फेसप्याक
पुरुषको छालामा मुलतानी माटोको फेस प्याक उपयुक्त हुन्छ । यसले सन ट्यान र पिम्पको समस्या हटाएर छाला सफा राख्छ । मुलतानी माटोमा काचो दूध र मह मिसाएर हप्ताको एक पटक लगाउनु सकिन्छ । यसले पार्सहरुलाई समेत कम गर्छ ।
चारकोल फेसप्याक
पुरुषको छालाको लागि चारकोल फेसप्याक पनि फाइदाजनक छ । यसले छालाको मृत कोशिकाहरु हटाउँछ र छालालाई सफा गर्छ । साथै यसले ब्ल्याकहेड्स र ह्वाइटहेड्स पनि हटाउँछ । धुलो धुवाको कणहरुले छाला सुख्खा र रुखो बनाउँछ ।
यो फेसप्याकले छालालाई पोषण दिएर नरम बनाउँछ । यसको प्याक बनाउन एक चम्चा चारकोल पाउडर लिनुहोस् र यसमा मह र ल्याभेन्डर तेल मिसाउनुहोस् । अब यो प्याक अनुहारमा लगाउनुहोस् ।
कफी फेसप्याक
कफीले मृत छाला र कोशिकाहरू एक्सफोलिएट गर्न मद्दत गर्दछ। यो छालाको सूजन, रातोपन कम गर्न प्रभावकारी छ। यसले छालामा रक्तसञ्चार सुधार गर्छ, जसले छालाको कालोपनलाईसमेत कम गर्छ। यो फेसप्याक बनाउन कफी लिनुहोस् र त्यसमा एक अण्डाको पहेको भाग मिसाउनुहोस् उक्त मिश्रणमा एक चम्चा एलोभेरा जेल र कागतीको रस मिसाएर लगाउनुहोस् । यो फेस प्याक हप्तामा एक वा दुई पटक प्रयोग गर्नुहोस् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया