११ महिनामा बाहिरियो १० अर्ब बराबरको कार्पेट

काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को ११ महिना अर्थात जेठ मसान्तसम्ममा नेपालबाट बाहिरिने विभिन्न वस्तुमध्ये कार्पेट सबैभन्दा बढी बाहिरिएको पाइएको छ ।
बिहीबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालले १० अर्ब ९७ करोड २३ लाख रूपैयाँको कार्पेट निर्यात गरेको छ । जुन निर्यात गत वर्षको तुलनामा २ अर्बभन्दा बढीले बढी हो ।
गत वर्ष (०७८/०७९) को सोही अवधिमा ८ अर्ब ५९ करोड ९५ लाख रूपैयाँको कार्पेट निर्यात भएको थियो ।
प्रतिक्रिया