बझाङमा करणी गरेर गहना लुटपाट, दुई भारतीय समातिए
बझाङ । बझाङमा एक महिलामाथि जबरजस्ती करणी गरी गहना लुटपाट भएको छ । करणी र लुटपाटमा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गत चैत गते केदारस्युँ गाउँपालिका–५ एक महिलामाथि करणी गरेर लुटपाट गरिएको थियो । जसमा संलग्नको आरोपमा भारतको पश्चिम बंगाल प्रान्त माल्दाका २९ वर्षीय विजय राजवंशी र सन्तान मुर्मु भनिने २२ वर्षीय सनातन मुर्मुलाई नियन्त्रणमा लिइएको हो ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार दुवै जना कालङ्गा हाइड्रोपावरका मजदुर हुन् ।
महिलामाथि जबरजस्ती करणी गरेर ३ तोला ४ आनाबराबरको सुनको गहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया