NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

अनुगमनमा गएका प्रहरीमाथि कैलाली कारागारमा आक्रमण

काठमाडौं । अनुगमनमा गएका प्रहरीमाथि कैलाली कारागारका कैदीबन्दीले आक्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीबाट शनिबार दिउँसो सो कारागारको अनुगमनमा गएका प्रहरी टोलीमाथि कैदीबन्दीले आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले अनुगमन सकेर निस्किने क्रममा कैदीबन्दीसँग धकेलाधकेल भएको जनाएको छ ।

कैदीबन्दीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

कैलाली कारागारमा लागूऔषध तथा मदिराको कारोबार हुने गरेको गुनासोबीच प्रहरी अनुगमनमा गएको हो । त्यहाँ केही समयअघि कैदीबन्दीबीच झडप भएपछि कारागार प्रशासन परिवर्तन गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष