मुगुका तत्कालिन निमित्त कार्यालय प्रमुखसहित ६ जना विरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । मुगुस्थित कृषि विकास कार्यालयका तत्कालिन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढासहित ६ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खत्याड गाउँपालिका वडा नं ४ स्थित खिराचौर कृषि सिंचाई निर्माण योजना अधुरो छोड्नेलाई कारवाही नगरी हुँदै नभएका काम पनि नापी किताबमा चढाएको आरोपमा उनीविरूद्ध मुद्दा दायर भएको हो ।
बुढाले हुँदै नभएको कामको प्रतिवेदन तयार गरी भुक्तानीको लागि टिप्पणी उठाउन लगाई उनले उपभोक्ता समितिलाई १२ लाख ८३ हजार ३४ रूपैयाँ दिएको पाइएको छ ।
उनीमाथि सोही रकम बराबरको बिगो सहित कैद सजायको मागदाबी कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।
मुद्दा दायर हुनेमा तत्कालीन सब इन्जिनियर राजेन्द्र शाही, प्रा.स सहायक स्तर पाँचौ टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमना कुमारी रोकाया, सचिव भुवन रावल रहेका छन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया