प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडाैं । आज दिउँसो तीन बजे प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक हुँदैछ ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८०’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यस्तै मूलुकी संहितासम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने विधेयक २०८० माथि प्राप्त संशोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया